Logo

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको शानदार जित



काठमाडौं, ७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा हडल्सफिल्डलाई हराउँदै म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ४ मा झारेको छ।

आइतबार राति भएको खेलमा हडल्सफिल्डलाई ३–० गोल अन्तरले हराउँदै सिटीले लिगमा २३ खेलबाट ५६ अंक पुर्‍याएको हो। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ६० अंक छ।

सिटीको जितमा डानिलो सिल्भा, रहिम स्र्टलिङ र लोरियो सानेले एक–एक गोल गरेका थिए। खेलको १८ औं मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गरेको थियो। खेलको ५४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसको २ मिनेटपछि सानेले गोल थप्दै सिटीलाई ३–० को अवस्थामा पुर्‍याएका थिए।

त्यसपछि बाँकी समयमा थप गोल नभएपछि सिटी ३–० ले विजयी भयो। यो सँगै २३ औं चरणका खेलहरू सकिँदा ६० अंकसहित लिभरपुल पहिलो, ५६ अंकसहित सिटी दोस्रो,५१ अंकसहित टोटनह्याम तेस्रो, ४७ अंकसहित चेल्सी चौथो र ४४ अंकसहित आर्सनल पाँचौ स्थानमा छन्। समान ४४ अंक भए पनि गोल अन्तरमा पछि परेको म्यान्चेष्टर युनाइटेड छैठौं स्थानमा छ। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्