Logo

अस्पतालको विषयलाई लिएर कांग्रेसद्धारा संसद बैठक अवरुद्ध



काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

संसद बैठकमा बोल्दै कांग्रेस उपसभापति विजयकुमार गच्छदारले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए ।

उनले अनशनरत डाक्टर गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गरे ।



प्रतिक्रिया दिनुहोस्