Logo

विपी मार्ग खारेज गरेर ओली मार्ग बनाएर देखाउन सरकारलाई गच्छदारको चूनौति



काठमाण्डौ, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाउमा स्थापना भएको स्वास्थ्य संस्था सरकारले खारेज गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै गच्छदारले यस्तो आपत्ति जनाएका हुन् । कांग्रेसका नेताहरुको नाममा स्थापना गरिएको स्वास्थ्य संस्था खारेज गर्न खोज्नु सरकारको पूर्वाग्रही नियत देखिएको दाबी गरे ।

उनले कांग्रेसका नेताहरुको नाममा स्थापना भएका सबै संरचना खारेज गर्ने हो भने विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको विपी राजमार्ग खारेज गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्