Logo

नेकपा कार्यदलको बैठक बस्दै, बुझाउला त प्रतिवेदन ? (भिडियोसहित)



काठमाडौं, ७ माघ । सांगठनिक एकता टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । यसअघि कार्यदलले समयसीमाभित्र आफूलाई दिएको काम सम्पन्न गर्न असफल भएको थियो ।

सांगठनिक एकताका विषय टुंगो लगाउन गठन गरिएको ९ सदस्यीय कार्यदलले पुस मसान्तभित्रै प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइसक्नुपर्ने समयसीमा थियो । तर, कार्यदलभित्रै विवाद भएपछि प्रतिवेदन बुझाउन विलम्ब भएको हो ।

अध्यक्षद्वयले पुस २६ गतेसम्म सांगठनिक एकताको खाकासहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । कार्यदलका सदस्य योगेश भट्टराईले कार्यदलको बैठक आज बस्ने जानकारी दिएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो जनाएका हुन् ।

यसअघि पनि भट्टराईले आफूहरुले काम अन्तिम चरणमा पुर्‍याएको र माघ पहिलो साताभित्र प्रतिवेदन बुझाउने तयारी भएको बताएका थिए । ाघको पहिलो साता पनि आजबाट बितिसकेको छ । तर, प्रतिवेदन कार्यलले बुझाउन सकेको छैन ।

कार्यदललाई बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार, पार्टीको विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णय हेरफेर, केन्द्रीय सदस्यहरुको कार्य्विभाजन र जनवर्गीय संगठनहरुको एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको थियो । संगठनात्मक एकताको लागि यो चौथो कार्यदल हो । संगठनात्मक एकताका लागि भन्दै यसअघि पनि तीनओटा कार्यदल बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्