Logo

कसरी भयो शरद भेषवाकरलाई भिटामीन डी’को कमी



काठमाडौं,७ माघ । नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई ‘भिटामिन डी’ को कमि भएको समाचार सार्वजनिक भएको छ ।

भेषवाकरले शरीरमा भएको ‘भिटामीन डी’ को कमीकै कारण आफ्ना महत्वपूर्ण खेल गुमाउनु परेको छ। उनले युएईसँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरीजको खेल नखेल्ने भएका छन । उनलाई ठिक हुन अझै तीन चार हप्ता लाग्न सक्ने भएकाले शरदले अन्तर्राष्ट्रिय सिरीजको लागि राष्ट्रिय टोलीबाट नाम फिर्ता लिएको नेपाली क्रिकेट टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी गराए ।

मंगलबार दुबईतर्फ लाग्ने नेपाली टोलमा युवा खेलाडी भिम सार्की, अभिनास बाहोरा, पवन सरार्फ र सन्दीप जोरालाई पहिलो पटक टिममा समेट्ेको छ ।१६ सदस्य टोली नेपाली टोली मंगलबार युएई टुरमा जाने छ ।



प्रतिक्रिया दिनुहोस्