Logo

ज्ञानेन्द्र र कांग्रेस नेताबीच हिमचिम, राजसंस्थाको एजेण्डा बोक्न आग्रह !



काठमाडौं, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र कांग्रेस नेताहरुबीच पछिल्लो समय हिमचिम बढेको छ । स्रोतका अनुसार कांग्रेस नेताहरुसँगको भेटवार्तामा पूर्वराजा शाहले हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्न आग्रह गरेका छन् ।

कांग्रेसका केही प्रभावशाली नेताहरु कुल बहादुर गुरुङ, गोविन्दराज जोशी, हरिबोल भट्टराई र दामोदर गौतमलगायतका नेताहरुले पूर्वराजा ज्ञानेन्द्रसँग सम्वाद गरेको स्रोतको दाबी छ ।

कांग्रेस नेताहरुको भेटवार्तामा पूर्वराजा शाहले कांग्रेस गणतन्त्रमा जानु ठूलो भूल भएको गुनासो पोखेका थिए । स्रोतले पूर्वराजा शाह र कांग्रेस नेताहरुबीच भएको सम्वाद उद्धृत गर्दै भन्यो,‘यदि यही तरिकाले जाने हो भने अबका दिनमा कांग्रेसको भविष्य अन्धकार छ । गणतन्त्रबाट ब्याक हुनुपर्छ ।’

उनले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको भने तारिफ गरेको स्रोतको भनाई छ । उनले शशांकले लिएको हिन्दूराष्ट्रको एजेण्डा आफूलाई राम्रो लागेको भन्दै प्रशंसा गरेका थिए ।

उनले आफूलाई राजा बन्ने चाहना नभएको पनि स्पष्ट पारेका थिए । तर, विपी कोइरालाले भनेजस्तो राजा र कांग्रेसबीचको गर्धन जोड्नको लागि अब कांग्रेस नेताहरुले ढिला नगरी पहल गर्नुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्