Logo

संसदमा मुठभेडको चेतावनी, नेकपा र कांग्रेसबीच जुँगाको लडाइँ



माघ ७, काठमाण्डौ । प्रतिनिधिसभाको सोमबारको दोश्रो बैठक पनि अवरुद्ध भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले निरन्तर उठेर विरोध जनाइरहेपछि अन्तत सभामुख कृष्ण बहादुर महराले मंगलबार सम्मको लागि बैठक स्थगित गर्न बाध्य भएका थिए ।

तर प्रतिपक्षीदलका सांसदहरुले आफुहरुले उठाएको कुरा सम्बोधन नभएसम्म संसद बैठक चल्नै नदिने चेतावनी दिएका छन् । सत्तारुढ दलका सांसदहरुले भने कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाइराखेपछि बैठकको काम कारवाही प्रभावित भएको हो । बैठकको सुरुवातमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमा उपनेता विजयकुमार गच्क्षदारले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे उक्त माग सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन ।

बैठकपछि सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुले सांसदमा चिकित्सा शिक्षा विधायेकका विषयलाई लिएर तिव्र मतभेद राखेका छन । बैठकपछि प्रतिक्रिया दिदैं नेकपाका सांसद भिम रावल र बर्षमान पुनले कांग्रेसले उठाएका मागहरु बारे आफुहरु जानकार नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले सोमबारका लागि तय भएका राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव बाहेक १ देखि ६ नम्बर सम्मको कार्यसूची कार्यसूचीबाट हटाएको जानकारी गराउँदै आसन ग्रहणका लागि आग्रह गरेका थिए । बैठकपछि कांग्रेस सांसदहरुले सरकारले प्रतिपक्षीलाई पेलेरै जान खोजेको भन्दै अव संसदमा मुडभेडको स्थिती आउन सक्ने भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन ।

संसद बैठकमा उपस्थित नयां शत्ति पार्टीका सांसद डा.बाबुरामले सत्ता पक्ष र प्रतिपक्षी दलको लडाइले संसदको नियमित काम प्रभावित भएको भन्दै आपत्ती जनाए ।
मंगलबारको बैठकमा दुइपक्ष यसरी आ–आफ्नै मागमा अडिक भइरहे संसद बैठकको निययमित कामकारवाही त प्रभावित हुने नै छ । सांसदहरुविच मुडभेडको स्थितीसमेत नआउला भन्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्