Logo

नेविसंघको अधिवेशनमा कांग्रेस नेताबीच कुटाकुट



काठमाडौं ८ माघ । भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि माउ पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । सोमबार साँझ उद्घाटन सत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उनले कुटपिटका क्रममा आँखामा चोट लागेको बताएका छन् ।

सामुदायिक अस्पता स्रोब्रुमा आँखा परीक्षण गरेको पनि उनले बताए । त्यस्तै पूर्व सभापति गोमा केसी पनि कुटिएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् । केसीले पत्रकार सम्मेलनमा आफुमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेको आरोप लगाएकी छिन् ।

अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।

कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था भएको हो ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताए । उनले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको पनि आरोप लगाए । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् ।

ताहरुको कुटाकुटपछि अधिवेशनमा आएका विद्यार्थीसमेत दुईपक्षमा विभाजित भएका छन् । वर्तमान पदाधिकारी र प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने जारी छ ।

केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको  विज्ञप्ती निकालेका थिए । त्यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलिरहेको छ ।

सभापतिको राजीनामा माग 

संस्थापन (शेरबहादुर देउवा) पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरी जल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको रामजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता टेकराज भट्टराईले महिना नेतृमाथि दुव्र्यवहार गर्ने सभापतिलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे । उनले केन्द्रीय सभापति देउवासमक्ष सुनुवारलाई बर्खास्त गर्न माग गरिने बताए ।

पत्रकार सम्मेलनमा नेतृ गोमा केसीले सभापतिले आफुमाथि दुव्र्यबहार गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् । उनले बर्तमान पदाधिकारी बर्खास्त गर्न केन्द्रसँग मागसमेत गरेकी छन् । माहिलमाथि हिंसा गर्ने सभापतिलाई पदमा बस्न अधिकार नभएको भन्दै उनीहरुलाई अस्वीकार गर्ने केसी लगायतका नेताहरुले पत्रकार सम्मेलनमा बताएका छन् । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्