Logo

हामी निर्दोष छौँ, बलात्कारी हामी नै सार्वजनिक गर्छौँ : बम दिदीबहिनी (भिडियोसहित)



माघ ७, काठमाण्डौ । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।

निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।

बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् । सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ ।

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ । आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे ।

कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।

कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् । उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्