Logo

प्रचण्ड अस्वस्थ भएपछि घरमै आराम



काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएको छ ।

केही दिन अघिबाट भाइरल ज्वरोका कारण प्रचण्ड नातिनि स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । तर, उनीहरुको सामान्य उपचारपछि सोमबार साँझ अस्पतालले डिस्चार्ज गरेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिईन् ।

उनीहरु डिस्चार्ज भएपनि अहिले अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोबाट प्रभावित भएका छन् । प्रचण्डलाई सामान्य ज्वरो र रुघाखोकीका कारण उनले घरमै आराम गरिरहेको स्वकिय सचिव दाहालले बताइन् ।

 



प्रतिक्रिया दिनुहोस्