Logo

खानेपानीमन्त्री बीना मगर अस्पताल भर्ना



काठमाडौँ,८ माघ । खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएको जनाइएको छ ।भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भएको उनका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी गराए । मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।



प्रतिक्रिया दिनुहोस्