Logo

देव गुरुङले भने : कांग्रेसले लोकतन्त्रको खिल्ली उडायो



काठमाडौं, ८ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

संसद स्थगित् भएपछि कांग्रेसका सांसदहरुले नेकपाका सांसदहरुसँग छलफल गरेका थिए । उनीहरुले चिकित्सा शिक्षा विद्येयक अहिले स्थगित् गरौं भन्ने माग राखेका छन् । तर, सत्तापक्ष जुनसुकै हालतमा विद्येयक प्रक्रिया पूरा गरेर आजै पारित गर्ने पक्षमा छ ।

उता कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगर्न कांग्रेसले राखेको मागप्रति उनले अहिले त्यो सम्भव नभएको प्रतिक्रिया दिएका छन् । उनले यसको लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भएकोले अहिले प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेकोले तत्काल सम्भावना नरहेको जिकिर गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कांग्रेसले विधि र प्रक्रिया नमानेको र लोकतन्त्रको नै खिल्ली उडाएको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्