Logo

विद्येयक अघि बढाउन खोज्दा शिक्षामन्त्री कांग्रेस सांसदहरुको घेरामा



काठमाडौं, ८ माघ । सरकार जसरी पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने र प्रमुख विपक्षी कांग्रेस रोक्ने मुडमा प्रस्तुत भएका छन् । आफ्ना दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत राख्नु पर्ने माग गर्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गरेको थियो ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गर्न पुगे, ताकि शिक्षामन्त्रीलाई रोक्न सकियोस् ।नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएनन् ।



प्रतिक्रिया दिनुहोस्