Logo

संसदमा प्रतिपक्ष र सत्तापक्षबीचको मुठभेडका १३ तस्विर हेर्नुहोस



काठमाडौं, ८ माघ । सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्‍चालित दुई अस्पताललाई बन्‍द गर्ने निर्णय गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु रोष्टम घेरेका थिए ।

उनीहरुलाई मर्यादापालकहरुले रोक्‍न खोज्दा सभामुखले मर्यादापालकलाई अमर्या्दित रुपमा प्रस्तुत भएको भन्‍दै नाराबाजी समेत गरेका थिए। त्‍यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

कांग्रेसले प्रतिपक्षलाई पेलेर भएपनि विधेयक पारित गर्ने सरकारको प्रपञ्चमा सभामुख सहभागी भएको गम्भीर आरोप लगाएको छ । यो डरलाग्दो परिदृश्य भएको भन्दै उसले सदनभित्र र बाहिर प्रतिरोध गर्ने बताएको छ ।

मंगलबार पनि दुई पटक बैठक बस्यो तर, कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन । दोस्रो बैठकमा कांग्रेसको अवरोधका बीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न समय दिएपछि केहीबेर तनावपूर्ण भयो । सत्तारुढ सांसदहरुले मन्त्रीलाई रोष्टममा पुर्‍याउन खोजे भने कांग्रेस सांसदहरुले रोकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्