Logo

एसियन कपःदक्षिण कोरियाद्धारा बहराइन पराजीत



काठमाडौँ,९ माघ ।एसियन कप फुटबल प्रतियोगिता अन्र्तगत दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । गएराति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पुरा गरेको हो।

खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय थपिएको थियो । जसमा १०७ औं मिनेटमा कोरियाका किम जीन सुले गरेको गोलले नै गोल नै निर्णायक भएको थियो ।

निर्धारित समयको ह्वाङ ही चानले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बहराईनले ७७औं मिनेटमा बराबरी गोल गरेको थियो । बहराइनका मोहम्द अल रोमाहीले बराबरी गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्