Logo

नेपाल प्रहरीले भन्यो बम्जनलाई समातेर कारबाही गर्छौ -हेर्नुहोस भिडियो



नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले रामबहादुर बमजनको विषयमा छानविन भइरहेको र दोषि देखिए कारवाही हुने बताएका छन् । कार्यक्रममा प्रवक्ता सुवेदीले बमजनले मान्छे बेपत्ता बनाएको भन्ने उजुरी परेकाले त्यसको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र दोषि देखिए जुनसुकै हालतमा कारवाही हुने दावी गरे । यस्तै प्रवक्ता सुवेदीले निमर्ला पन्तको विषयमा पनि अनुसन्धान भइरहको बताए । उनले नेपाल प्रहरीले सुरु गरेको समुदायमा प्रहरी अभियानले अपराध घटाउनमा ठुलो सहयोग पुर्याएको दावी गरे । सामाजिक सञ्जालको मार्फतबाट हुने गरेका अपराध प्रहरीका लागी चुनौती बनेको पनि प्रवक्ता सुवेदीको भनाई थियो । हरीका प्रवक्ता उत्तमराज सुवेदीको पुरा भनाई हामीले भिडियोमा प्रस्तुत गरेकाछौ



प्रतिक्रिया दिनुहोस्