Logo

नेकपा आफ्ना प्रतिबद्धतामा अडिग छ : कार्यवाहक प्रधानमन्त्री पोखरेल



हेटौँडा, ९ माघ : नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ ।पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उहाँले बताउनुभयो ।

आज नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले उक्त धारणा राख्नुभएको हो ।

उहाँले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग उल्लेख गर्नुभयो । नेता पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने धारणा राख्नुभयो । “वृद्धभत्ता पाँच हजार पुग्छ”, उहाँले भन्नुभयो ।

देश निर्माणको मिसनमा लागेको कार्यकर्ताले आफूलाई होइन विधिलाई केन्द्रमा राख्नुपर्ने उहाँको धारणा थियो । नेकपा नेता तथा प्रदेश सभासदस्य मुनु सिग्देलले हेटाँैडालाई नै स्थायी राजधानी तोक्न पहल गरिदिन अनुरोध गर्नुभएपछि नेता पोखरेलले राजधानीको विषय प्रदेशसभाको अधिकार भएको बताउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्