Logo

नेविसंघ विघटन गर्ने कि म्याद थप्ने ? रमेश लेखकले गरे खुलासा



माघ १०, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ । आजको बैठकमा कार्यकाल सकिइसकेको नेपाल विद्यार्थी संघलाई अब कसरी अगाडी बढाउने भन्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी सरकारले संसदमा जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

कांग्रेस नेता रमेश लेखकले एक महिना अघि महासमिति बैठकले पारित गरेका एजेण्डाहरुको विषयमा पनि छलफल हुने जानकारी दिए ।

महासमिति बैठकले पारित गरेको दस्ताबेजलाई आजको बैठकले परिमार्जन गर्ने तथा अन्तिम रुप दिने लेखकले बताए । नेविसंघको विषयमा पनि आजै निर्णय हुने लेखकले बताए ।

वर्तमान कार्यसमितिलाई विघटन गर्नुपर्छ भन्ने र तदर्थ समिति बनाउने भन्ने दुवैखाले विचार पार्टीभित्र व्यक्त भइरहेकाले के निर्णय हुन्छ भन्ने यकिन नभएको लेखकले बताए ।

आगामी दिनमा कांग्रेस कसरी अगाडि बढ्ने र संसदमा कस्तो भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल केन्द्रित हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot