Logo

केसीको अनसन १६ औँ दिनमा, स्वाथ्य अवस्था जटील, सरकारले वार्ताको चासो नै देखाएन



माघ १०, काठमाण्डौ । डा. गोविन्द केसी अनसन बसेको १६ दिन पुगेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफू र सरकारबीच भएको सम्झौताबमोजिमको व्यवस्था हुनुपर्ने केसीको माग छ ।

तर सरकारले केसीको अनसनलाई महत्व दिएको छैन । विधेयक संसदबाट जसरी पनि पारित गराउने सरकारको तयारी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने केसीसँग भएको सम्झौता अक्षरस पालना हुनुपर्ने भन्दै केसीको समर्थन गरिरहेको छ ।

केसीको अनसन अवस्थामा नै उपचारसमेत भइरहेको छ । उनको स्वास्थ्य अवस्था कमजोर भएको छ । बुधबार साँझ केसीको उपचारमा संलग्न चिकित्सकहरुले दिएको रिपोर्टअनुसार इमरजेन्सीमा राखेर उपचार गराउनुपर्ने अवस्था रहेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।

चिकित्सकले दिएको स्वास्थ्य रिपोर्ट हेरेपछि नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले जनरल वार्डमा उपचार भइरहेका केसीको अवस्था जटिल भएको बताए ।

केसीको समर्थकसमेत रहेका भण्डारीले केसीसँग १५ औँ अनसनका बेला सरकारले गरेको सम्झौता लागु गर्नुको विकल्प नभएको बताए । सरकारले वार्ताको प्रयाससमेत नगरेको भन्दै भण्डारीले आपत्ति प्रकट गरे ।



प्रतिक्रिया दिनुहोस्