Logo

विद्युत् प्राधिकरणद्धारा ठूला उद्योगलाईे विषेश सेवा



काठमाडौँ,११ माघ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विषेश सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ ।

उक्त कार्यलयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ । सिम कार्डको आधारमा सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर रिडिङ हुनेगरेको छ ।

उक्त प्रणालीको जडानले मिटर रिडिङका लागि उद्योगमा धाउन नपर्ने बताइएको छ । पहिला लोडसेडिङको समस्या थियो तर अहिले त्योे पूर्णरुपमा हटेको छ । प्राधिकरणको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने अभियानमा लागेको कार्यलय प्रमुख शम्भु कुसियतले बताउनुभयो । विद्युत् महसुलवापत मासिक रु १७ करोड राजश्व सङ्कलन गरिरहेको कार्यालयले आफ्नो सेवालाई ग्राहकमुखी एवं प्रविधिमैत्री बनाउँदै लगेको प्रमुख कुसियतको भनाइ छ ।

उहाँका अनुसार निवेदन दिएलगत्तै विद्युत् मिटर जडान भइरहेको र पछिल्लो समय ई–सेवाबाट बिल भुक्तानीको व्यवस्था भए पनि हाल ल्भ्ब् ९एनइए० नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । उक्त एप्स डाउनलोड गरी विद्युत् प्राधिकरणको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिनेछ । सो कार्यालयअन्तर्गत ५३ हजार विद्युत् ग्राहक रहेका छन् । कार्यालयमा ई–सेवामार्फत मासिक चार हजार ग्राहकले बिल भुक्तानी गरिरहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्