Logo

नेपाल–भारत सम्बन्ध अहिले ईतिहाँसकै राम्रो मध्येको एक हो : मन्त्री महासेठ



काठमाडौं, ११ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउँदै आगामी दिनमा पनि यसलाई अझै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘हामीबीच ऐतिहाँसिक सम्बन्ध छ । हामीबीच सामाजिक–सांस्कृतिक, धार्मिक सम्बन्ध प्रगाढ छ । यो सम्बन्ध न कहिले फुट्छ, न कहिले टुट्छ।’

उनले नेपाल र भारतबीच कृषि, उर्जा, भौतिक पूर्वाधार र अन्य विकास निर्माणका काममा राम्रो सहकार्य रहेको सुनाउँदै सबै क्षेत्रमा दुवै सरकारले सोचेअनुसार काम भैरहेको पनि विश्वास दिलाए । उनले भारत सरकारको अनुदानमा नेपालको ‘क्रस–बोर्डर’ लाईन निर्माण भैरहेको पनि सुनाए ।

उनले भने,‘जलपाईगुडीदेखि काँकडभिट्टासम्म, जोगबनीदेखि विराटनगरसम्म, नुतन्बादेखि भैरहवासम्म, नेपालगञ्जदेखि नेपालगञ्ज रोडसम्म निर्माण भैरहेको छ । नेपालको यातायात सञ्जालमा भारतको राम्रै सहयोग छ।’

मन्त्री महासेठले ७० औं गणतन्त्र दिवसको अवसरमा भारतलाई अहिले सोचभन्दा राम्रो समृद्धि मिलोस भन्दै शुभकामना समेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्