Logo

नेपालद्धारा यूएईलाई ११४ रनको लक्ष



काठमाडौं,११ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले यूएईलाई ३३।५ ओभरमा सबै विकेट गुमाएर जम्मा ११४ रनको लक्ष दिएको छ ।

राम्रो लयमा खेलिरहेको यूएईको टीमका लागि नेपालले दिएको यो झिनो चुनौती हो । टस हारेर खराब प्रदर्शन गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो ।

मुस्किलले ११३ रन बनाएको नेपाली टीमका लागि सोमपाल कामीले ३० रन बनाएका थिए भने आरिफ शेखले २५ र कप्तान पारस खड्काले जम्मा २० रन बनायका थिए।अहिले सुरु भएको दोस्रो ईनिङमा भने नेपालले सशक्त बलिङ गरिराखेको छ ।



प्रतिक्रिया दिनुहोस्