Logo

सरकारविरुद्ध देशभरि आन्दोलन चर्काउने कांग्रेस संसदीय दलको निर्णय



काठमाडौं, ११ माघ । सरकारले संसदमा सत्तापक्षले जवर्जस्ती गरेको विरोधमा सदन र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले सदनमा सत्ता पक्षको रबैयाको भत्र्सना गर्दै यसको संसदमा विरोध जारी राख्ने निर्णय गरेको काँग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सत्तापक्षले जवर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेपछि काँग्रेस संसदीय दलको आकस्मिक बसेको बैठकले सरकारको विरोधमा ७ वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले आईतबार बस्ने केन्द्रीय समिति बैठकले आन्दोलनको थप कार्यक्रम समेत निर्धारण गर्ने निर्णय पनि गरेको छ । बैठकले समितिले सरकारले तानाशाही शैलीमा विधेयक पारित गरेर संसदीय अभ्यासलाई नै लत्याएको आरोप पनि लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्