Logo

प्रियंका चोपडाको कुकुरले लगाएको स्विटरको मुल्य कति? अनुमान लगाउनुहोस्



काठमाडौँ,११ माघ ।प्रायः बलिउड सेलिब्रेटीहरुको चर्चा सञ्चार माध्यमहरुमा बेला–बेला चलिरहन्छ । उनीहरुको बानी, खान–पान, दैनिकी आम मानिसको उत्सुक्ताको विषय बन्ने गर्छ । चर्चा कमाउन सेलिब्रेटिहरु के सम्म गर्देनन भन्ने हामीले अनुमान बाहिरका कुरा बन्न सक्छन । तर यहाँ अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय भारतीय संञ्चार माध्यममा छाउने मध्ये कि एक हुन ।

हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेर चर्चाकी पात्र बनेकी छन । ‘डायना चोपडा’ नामक उक्त कुकुर तस्बिरमा बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ ।

प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् । तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ ।प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५७ हजार नेपाली रुपैयाँ रहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्