Logo

डा. केसीले अनशनलाई निरन्तरता दिने, ओलीको राजीनामा मागे



काठमाडौँ, ११ माघ । अनशनरत प्रा. डा. गोविन्द केसीले आफ्नो अनशनलाई निरन्तरता दिने घोषणा गरेका छन्। सरकारले आफूसँग गरेको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि उनले यस्तो घोषणा गरेका हुन् ।

केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् ।

उनका सहयोगी जीवन क्षेत्रीले भने, ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो।’  डा. केसी १७ औं दिनदेखि अनसनरत छन् र उनको तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए ।



प्रतिक्रिया दिनुहोस्