Logo

‘बहुमतको दम्भ देखाएर विधेयक पारित गर्नु संसदीय अभ्यास विपरीत’



काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठेको बताएका छन्।

किङ्ग कम स्पोर्टस क्लबले शनिबार काठमाडौंमा सुरू गरेको ब्याटमिन्टन प्रतियोगिताको उद्धघाट्न गर्दै सिंहले यस्तो आरोप लगाएका हुन् । उनले बहुमतको दम्भ देखाएर चिकित्सा शिक्षा विधेयक पारित गर्नु संसदीय अभ्यास विपरीत भएको दाबी गरे।

प्रमुख प्रतिपक्षी दलको विरोध हुँदाहुँदै दुई तिहाइको बलमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको भन्दै सिंहले सभामुख महराको भूमिकाप्रति प्रश्न उठाएका हुन्।

सभामुख महराले प्रतिपक्षीको विरोध हुँदाहुँदै विधेयक प्रस्तुत गर्न दिएको सिंहको आरोप छ । उनले भने,‘‘जबर्जस्ती विधेयक पारित गरियो । सभामुखले पनि तटस्थ भूमिका खेल्नुभएन।’



प्रतिक्रिया दिनुहोस्