Logo

भारतीय दुतावासले मनायो ७० औं गणतन्त्र दिवस (फोटोफिचर)



काठमाडौं, १२ माघ । नेपालस्थित् भारतीय दुतावासले ७० औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराएर र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दको सन्देश वाचन गरेर सुनाएका थिए ।

झण्डोत्तलन कार्यक्रममा झण्डै एक हजार भारतीय नागरिक तथा भारतका मित्रहरुको सहभागिता रहेको थियो । नेपालस्थित् केन्द्रिय विद्यालय, द मोर्डन ईण्डियन स्कुल र भारतीय साँस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले राष्ट्रिय गाना गाएका थिए भने उक्त प्रस्तुतिमा नेपाल आर्मी ब्याण्डको सहभागिता थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्