Logo

भुवन केसीको घोषणा : ‘मलाई केटी साथी चाहियो, अब एक्लै बस्न सक्दिन्’ (भिडियोसहित)



काठमाडौं, १२ माघ । सुपरस्टार भुवन केसीले आफू अब एक्लो जीवन जिउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले आफू छिट्टै अर्को वैवाहिक जीवनमा बाँधिन लागेको सनसनीपूर्ण खुलासा गरेका छन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “कार्यक्रम जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू चाँडै अर्को विवाह बन्धनमा बाँधिएको खुलासा गरे । उनले भने,”मलाई केटी साथी चाहिएको छ, अब विवाह गर्न चाहन्छु ।”

फागुण १७ गतेबाट क्याप्टेन देशभरि रिलिज हुने जनाउँदै अहिले त्यसमै बढि केन्द्रित हुने र मुभी रिलिज भैसकेपछि विवाहको तयारीमा जुट्ने उनको भनाई छ ।

आफ्ना छोरा एवम् नेपाली चलचित्रका युवा सुपरस्टार अनमोल केसीको करियरबारे प्रकाश पार्दै उनले अनमोलको क्रेज ईण्डस्ट्रीमा ह्वात्तै बढेको सुनाए । उनले अनमोललाई फिल्म निर्माताहरुले एउटा चलचित्रको पारिश्रमिक एक करोड सम्म दिन सक्नेपनि तर्क गरे । आफ्नो परिवार नै यही ईण्डस्ट्रीमा रहेकोले चलचित्र त पारिवारिक लगेसीको रुपमा रहेको पनि उनले तर्क गरे ।

फरक प्रसँगमा उनले आफू राजनीतिमा अहिलेपनि सक्रिय रहेको सुनाउँदै नेकपामै रहने सुनाए । उनले भने,”म नेकपामै यथावत छु । माधव नेपाललाई पनि चुनाव जिताएको हुँ । म कम्युनिष्ट पार्टी छोड्दिन ।” यद्धपी उनले आफूलाई पार्टीका शीर्ष नेताहरुले बिर्सिएको गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्