Logo

नेपालमै पहिलो पटक ह्याण्डबल एकेडेमी निर्माण



काठमाडा,१३ माघ । पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण गरिएको छ ।राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला÷पुरुष चेन्जिङरुम, स्टोर, किचन, प्रशासनिक कक्षलगायतका संरचना निर्माण गरिएको छ । ४०÷ २० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ ।

सो एकेडेमीको शनिबार उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकूदको विकासमा टेवा पुग्ने बताउनुभयो ।

एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लोतहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ । नेपालमा हुने दक्षिण एशियाली खेलकूद ९साग०लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ ।

यसैबीच कास्की जिल्ला ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तर बिद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन् ।
रासस



प्रतिक्रिया दिनुहोस्