Logo

बहिर्गमित जनमुक्ति सेना नेपालको माग राज्यले सम्बोधन गर्नुपर्छ : ऋषि धमला (भिडियोसहित)



काठमाडौं, १३ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले बहिर्गमित जनमुक्ति सेना नेपालले उठाएका जायज मागहरु राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार बहिर्गमित जनमुक्ति सेनाले काठमाडौंको बागबजारस्थित् हार्दिक होटेलमा ‘शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थापन र देशको भविष्य’ विषयमा आयोजना गरेको बृहत्त अन्तरक्रियालाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

उनले भने,‘तपाईहरुले उठाउनुभएको माग राज्यले सम्बोधन गरेन भने देशको शान्ति प्रक्रियाले कहिल्यैपनि निश्कर्षमा पुगेको अनुभव गर्न पाउँदैन् । जबसम्म तपाईहरुको मागलाई राज्यले वा अहिलेको लिडरसिपले द्वन्द्व व्यवस्थापन गर्न सक्दैन, तबसम्म हाम्रो देशमा आर्थिक क्रान्ति हुनैसक्दैन् । हाम्रो देशमा पहिले द्वन्द्व व्यवस्थापन गर्नुपर्छ । अनि गलत काम गर्नेलाई घोक्रेठ्याक लगाउनुपर्छ । कारबाही गर्नुपर्छ ।’

धमलाले हरेक तह र तप्कामा जनमुक्ति सेनाको अनिवार्य सहभागिता हुनुपर्ने पनि बताए । उनले जनमुक्ति सेनाको समस्या खोई त समाधान भएको भनेर आफूहरुले अब ओली, प्रचण्डलाई प्रश्न सोध्नेपनि बताए ।



प्रतिक्रिया दिनुहोस्