Logo

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी



काठमाडौँ, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायत वरिष्ठ सरकारी अधिकारीको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्