Logo

अब अनशनको नाममा रडाको मच्चाइरहनुको औचित्य छैन : नारायणकाजी



दमौली, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टी्भित्र अराजकता मौलाएको टिप्पणी गरेका छन् ।

तनहुँको दमौलीमा आज कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताएका हुन ।

उनले पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताए ।

कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताए ।

चिकित्सा शिक्षा विधेयकमा डा केसीको पहिलेको मागहरु सबै सम्बोधन भइसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्