Logo

फ्रेन्च लिग वान : नेयमार बिनै पीएसजीको फराकिलो जित



पेरिस, १४ माघ । नेयमार बिनै मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा रेनिसमाथि ४–१ को फराकिलो जित निकालेको छ।

पीएसजीको फराकिलो जितमा एडिन्सन काभनीले दुई तथा केलियान एमबाप्पे र एन्जल डि मारियाले समान एक गोल गरे। रेनिसका लागि एमबाय नियाङले एक गोल फर्काएका थिए।

घरेलु मैदानमा पीएसजीले खेलको सातौ मिनेटमा एडिन्सन काभनीको गोलबाट सुरूवाती अग्रता लिएको थियो। २८औं मिनेटमा रेनिसका एमबायले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

पहिलो हाफसम्म १(१ गोलको बराबरी भएको खेलको ६०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई पुन अग्रता दिलाए।

६६औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। त्यसको ५ मिनेटपछि काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए।

नेइमार घाइते भएर मेदान बाहिर छन्। फराकिलो जितसँगै अपराजित पीएसजीले लिग वानमा १३ अंकको अग्रता लिएको छ। पीएसजीको २० खेलबाट ५३ अंक पुग्दा २ खेल बढी खेलेको लोस्कको ४३ अंक जोडेको छ। समान खेलबाट लियोन ४० अंकसहित तेस्रो स्थानमा छ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्