Logo

निर्मलाको भजानइल स्वाव र उनकी आमाको डीएनए प्रोफाइल म्याच



काठमाडौं, १४ माघ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भजानइल स्वाव’ र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।

दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ ।

‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot