Logo

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी



काठमाडौँ,१४ माघ । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ ।

विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराउनुभएको जनाइएको छ ।

राष्ट्रपतिको कार्यालयले तालिबानसँग युद्धबिराम गर्ने बारेमा वार्ता केन्द्रित भएको जनाएको छ तर उक्त विषयमा अझै केही प्रगति भएको छैन ।

विदेशदूत खलिलजाद वा अमेरिकी दूतावासले अफगान राष्ट्रपतिको कार्यालयको टिप्पणीप्रति केही उल्लेख गरेको छैन ।

तालिबानसँगको वार्तामा महत्वपूर्ण प्रगति भएको भनी अमेरिकी विशेषदूतले गत साता बताउनुभएको थियो, तर राष्ट्रपतिको कार्यालयले उक्त दाबीप्रति सचेततापूर्वक प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति घानीले अफगान सरकार र तालिबानबीच मध्यस्थता गराउन अमेरिकी विशेषदूतले गर्नुभएको प्रयत्नप्रति धन्यवाद दिँदै आभार व्यक्त गर्नुभएको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तालिबानले अफगान सरकारसँग नभई अमेरिकी प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्