Logo

पद्मकन्या क्याम्पस नेविसंघका विद्यार्थीहरुद्धारा प्रधानमन्त्रीको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, १४ माघ । अहिले ५ बजे पद्मकन्या क्याम्पस नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

पद्यमा कन्या क्याम्पसकी ईकाई अध्यक्ष एवम् नेविसंघकी केन्द्रिय सह–महामन्त्री साधना घिमिरेको नेतृत्वमा केन्द्रिय सदस्यद्धय तुलसा पन्त र रेखा परियार, नेतृहरु पवित्रा गौली, राधा ढुंगाना, सुजाता कोइराला,रुपा पोख्रेल, नेविसंघ केन्द्रिय सदस्य रमा थापा, नेविसंघ पद्मकन्या क्याम्पस नेत्री लक्ष्मी दहाल र सगुन कँडेल लगायतको सहभागितामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले म केपी ओली चोर हुँ, बलात्कारी, भ्रष्टाचारी, असक्षम हुँ लेखिएको पुत्ला दहन गरेका थिए ।

त्यस्तै उनीहरुले राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक तत्काल सच्च्याउनुपर्ने र डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्नेजस्ता नारा लगाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्