Logo

ओलीले किन गरे नेम्वाङ र योगेशसँग गोप्य छलफल ?



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दलले गरेको आन्दोलनबाट उत्पन्न परिस्थितिबारे आफ्नै पार्टीका दुई जना प्रभावशाली नेतासँग आज छलफल गरेका छन् ।

संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसले देशैभरि विरोध तथा जुलुस निकालिरहेको छ । यही अवस्थामा प्रधानमन्त्रीले समिक्षा गर्न आज नेकपाका संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङ र सांसद योगेश भट्टराईसँग सिंहदरबारमा करिब दुई घण्टा गोप्य छलफल गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले अनशनरत डाक्टर गोविन्द केसीको मागबारेपनि दुवै नेताहरुसँग छलफल गरेका थिए ।

११ गते विद्येयक पास हुन्छ, मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भने मन्त्री बसेकै ठाउँबाटपनि विद्येयक प्रस्तुत हुन्छ : योगेश भट्टराई

११ गते विद्येयक पास हुन्छ, मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भने मन्त्री बसेकै ठाउँबाटपनि विद्येयक प्रस्तुत हुन्छ : योगेश भट्टराई



प्रतिक्रिया दिनुहोस्