Logo

दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा



काठमाडौं, १५ माघ । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्