Logo

अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा



काठमाडौँ,१६ माघ । यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग डिपिएलको तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ ।दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’ ९सद्भावना राजदूत०का रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी र विश्व क्रिकेट जगत्को ध्यान प्रतियोगितामा तानिने विश्वास गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

माघ २६ गतेबाट आयोजना हुने डिपिएल क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । डिपिएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले मान्यता दिइसकेको छ ।

डिपिएल प्रतियोगिताको आयोजनासँगै देशमा पहिलो पटक खेलाडीको बोलकबोल ९अक्सन० गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा अघि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने छ वटै टोलीलाई दुईजना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल ९अक्सन०को शुरुवात गरिएको हो ।

रुस्लान डिपिएलको तेस्रो संस्करण अनुमानित लागत रु पाँच करोडको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी छ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् ।

छ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५÷१५ खेलाडीलाई टोलीसँग आबद्ध गराईसकेका छन् ।टी–२० प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने जनाइएको छ ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनलमा पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्