Logo

डा. केसीले औषधि लिन मानेनन्, सरकार प्रवक्ता भन्छन्– वार्ता गर्नुपर्ने अवस्था छैन



काठमाडौं १७ माघ । १५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरुले दिएको बताए ।

सरकार प्रवक्ता भन्छन्– वार्ता गर्नुपर्ने अवस्था छैन

अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले देखेको छैन । केका लागि वार्ता गर्ने, औचित्य पनि हुनुपर्छ । विगतका माग पूरा गराउन अनशन बसेका हुन्, माग पूरा भइसकेको छ, उनलाई धन्यवाद । रिले अनशनका नाममा निजी अस्पताल पोस्ने काम चिकित्सकले गरिरहेका छन् । हामी अहिले चर्को स्वरमा बोल्ने पक्षमा छैनौँ, केबल अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस्