Logo

गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसले गर्यो संसद अवरुद्ध



माघ १७, काठमाण्डौ । गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले मिनेन्द्र रिजालले बोलेका थिए । लगतै सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा आफूसँग भएको सम्झौताबमोजिमका बुँदा नसमेटिएको भन्दै केसी २३ दिनदेखि अनसनमा छन् । तर सरकारले केसीको मागविपरित जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधीसभाबाट पारित गरेको थियो ।

राष्ट्रियसभामा भने विधेयक छलफलका लागि पेश गरिएको छ । केसीको स्वास्थ्य अवस्था गम्भीर बनिसक्दा पनि सरकारले न सम्झौता पालना गर्यो न केसीसँग वार्ताको पहल गर्यो । यही विषयलाई लिएर कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको अवस्था र गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसले सदन अघि बढ्न नसक्ने भन्दै सदन अवरुद्ध गरेको हो।

सभामुख कृष्णबहादुर महराले सरकारले कांग्रेसले उठाएका दुई अस्पतालको माग पुरा भइसकेको अवस्थामा कांग्रेसका सांसदहरु भने उभेर विरोध जनाइरहे। त्यही समयमा नेकपाका सांसद विरोध खतिवडाले बोल्ने समय माग गरेपछि संसदमा हाँसो फैलिएको थियो।

सभामुखमा सभाको अनुहार देखिनुपर्नेसमेत कांग्रेसले माग गरेको छ। कांग्रेस सांसद रिजालले भने, ‘चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी केसीको जीवनरक्षा गर्नुपर्छ। संवादको बाटोमा अगाडि बढौं। सत्ताले हामीलाई सहयोग गरोस। यस्तो  वातावरण नबनेसम्म प्रतिनिधिसभाको कारबाही अगाडि बढ्न सक्दैन।’ रिजालको भनाईपछि कांग्रेसका सांसदहरु उभिरहे।

बैठक आइतवार ३ बजे बस्ने गरी स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस्