Logo

डा. केसीको अनशन बेवास्ता, ओली–प्रचण्ड आ–आफ्नो गृहजिल्ला



काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नो गृहजिल्ला पुगेका छन् । दुवै अध्यक्ष जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका हुन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित अनसनरत डा केसीको मागप्रति दुवै अध्यक्षले कुनै आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । उनीहरुले केसीको माग सम्बोधन गराउन कुनै पहल पनि नगरेको गुनासोहरु बढिरहेका छन् । आजमात्रै केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा बृहत् प्रदर्शन भएको छ।

प्रधानमन्त्री ओली दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्न गृहजिल्ला गएका हुन् । त्यतै, कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन पनि गर्ने कार्यक्रम रहेको छ ।

ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ ।

उता, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि यतिवेला गृहजिल्ला चितवन पुगेका छन् । भाईरल ज्वरोबाट प्रभावित भई एक सातादेखि आराममा रहेका अध्यक्ष ‘प्रचण्ड’ को हिजोबाट सार्वजनिक कार्यक्रमहरूमा सक्रिय हुन थालेका हुन । प्रचण्ड आज चितवनमा भएका विभिन्न सात र एक स्याङ्जा जिल्लाको एक गरी आठ कार्यक्रममा सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्