Logo

राणा र लोहनीबीच एकता, कमल थापालाई पनि आउन आग्रह



काठमाडौं, १७ माघ । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दिउँसो पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच एकता भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने पनि उनीहरुबीच सहमति भएको छ भने पार्टीको चुनाव चिन्ह हलो हुनेछ ।

दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ । स्रोतका अनुसार राणा र लोहनीले एकताको लागि राप्रपाका अध्यक्ष कमल थापासँगपनि सम्वाद जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्