Logo

दर्शकहरुलाई हलसम्म डोराउन यस्तो हर्कत



काठमाडौँ,१७ माघ । नेपाली सिनेमामा केहि समय यता दर्शकहरुलाई हलसम्म डोराउन निर्माताले कथालाई भन्दा पनि अनेकन विषयलाई प्राथमिकतामा राखेर विभिन्न मार्केटिङ रणनिति प्रयोग गर्ने गरेका छन् ।

हालै नायक आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भुमिका रहेको चलचित्र ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएसँगै चलचित्रमा देखाइएको एक दृश्यप्रति समाजिक संजालमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ । ट्रेलरमा नायक जोशीले नायीकाको वक्षस्थल समातेको दृश्य प्रष्टै देखाइएको छ । युवा वर्गलाई लक्षित गरि चलचित्रको प्रबद्र्धनकालागि यस्ता दृश्यहरु चलचित्रमा प्रयोग हुदैँ आएको छ ।

अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाह अमिनित चलचित्र२०७२ साल फाल्गुन २१ गते रिलिज भएको ‘ड्रिम्स’ मा पनि वक्षस्थल समातेको दृश्य राखिएको थियो । यस्ता दृश्यहरुले ट्रेल हेर्नेको संख्या त बढाउँछ तर फिल्मको विषयवस्तुले पश्चिमा चलचित्रको सिको गरेको कति नसुहाउने दर्शकहरुले प्रतिक्रिया दिदैँ आएका छन् । नेपाली चलचित्र विगत ३ वर्ष देखि निरन्तर हेर्दै आएका मनोज कार्कीले भने, ‘नराम्रा दृश्य राखेको देख्दा, पश्चिमा फिल्मको सिको गरेका रहेछन्, फिल्मपनि राम्रै होला लाग्छ । तर, फिल्म भने वाहियात हुनेगर्छ ।’ नराम्रा पाटोलाई मात्र प्राथमिकतामा राखेर चलचित्रको प्रबद्र्धन गर्न नेपाली निर्माताहरु लागिपरेको थुप्रै घट्नाहरु छन् । कुनै चलचित्रको मेरुदन्ड मानिन्छ कथा यानेकि कथावस्तुलाई । तर, कथावस्तु र स्क्रीप्ट नै झूर बनाउने र ट्रेलरमा युवापुस्ताकालागि नयाँ फ्लेवर भन्दै छाडा दृश्य हाल्ने प्रवृद्धि कतिपनि सुहाउदिलो छैन ।

नेपाली चलचित्रको कुरा गर्दा प्राविधिक पक्ष सुधार हुँदै गएको छ । तर स्क्रीप्टमा भने अझै पर्याप्त मिहिनेत गरिएको देखिदैन । बजारले थेग्न सक्नेभन्दा बढी सिनेमा बन्नु तथा दर्शकको चाहनाभन्दा पनि लहडले फिल्म बनाउने र छाडा दृश्यलाई प्राथमिकतामा राखेर कथावस्तुमा हराउँदा नेपाली सिनेमाको गुणस्तर खस्किएको छ ।



प्रतिक्रिया दिनुहोस्