Logo

भेनेजुएलाबारे रोचक तथ्यःहरेक २१ मिनेटमा हत्या



काठमाडौँ,१७ माघ ।तेलखानीको रुपमा चिनिने भेनेजुएलाबारे यस उत्तर अमेरिकी मुलुकमा अहिले अमेरिकाले हस्तक्षेप गरेपछि यसबारे विश्वको थप चासो बढेको छ । तर यसअघि खासै चर्चामा नआउने भेनेजुएलाबारे केही रोचक र रहस्यमय तथ्य छन् ।

–भेनेजुएला देशको नाम नै इटाली भाषाबाट बनेको हो ।

–उत्तर अमेरिकी क्षेत्रमा पर्ने यो देशको कार्यालयमा प्रयोग गरिने भाषा स्पेनिस हो ।

–यहाँको मुख्य निर्यातका उत्पादन स्टील, पेट्रोल, आल्मुनियम, सिमेन्ट र कृषि उत्पादन हुन् ।

–संसारकै सबैभन्दा ठूलो नेश्नल पार्कमध्ये एउटा पार्क यहीँ छ । जसको नाम, कानैमा नेश्नल पार्क हो । र पार्कमा ९७९ मिटर अग्लो संसारकै अग्लो छाँगा पनि छ ।

–समाजवादी भनी भिनिने भेनेजुएला त्यस्तो देश हो, जहाँ ६ जना मिस युनिभर्स र ५ जना मिस वल्र्ड छन् ।

–बेसबल यहाँको लोकप्रिय खेल हो ।

–क्रिस्टोफर कोलम्बसले यो देश पत्ता लगाएका थिए ।

–जोरोपो यहाँको राष्ट्रिय नाच हो ।

–इलेक्ट्रोनिक्स, केमिकल र खाद्य उत्पादन यहाँको प्रमुख आयातका सामग्री हुन् ।

–यहाँका ९६ प्रतिशत जनसंख्या रोमन क्याथोलिक हुन् ।

–भेनेजुएलामा २३ राज्य छन् ।

–सन् २००९ देखि यहाँ कोकाकोला प्रतिबन्धित छ ।

–२०१५ सम्मको तथ्यांक अनुसार विश्वकै सर्वाधिक खतरनाक मुलुकमा पर्छ यो । जहाँ हरेक २१ मिनेटमा एकजनाको हत्या हुन्छ ।

–अपराधीलाई मृत्युदण्डको सजाय कानुनबाट हटाउने यही पहिलो आधुनिक राज्य हो ।

–संसारकै सबैभन्दा सस्तो ग्यास भेनेजुएलामा पाइन्छ ।

–हरेक वर्ष ८८ प्रतिशत अस्पताल औषधि अभाव झेलिरहेका हुन्छन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्