Logo

विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?



काठमाडौं, १८ माघ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् ।

डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् ।

नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो ।

संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ । तर, सरकारले डाक्टर केसीसँग अहिलेसम्म वार्ताको लागि कुनै पहल थालेको छैन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड केसीको मागप्रति सकारात्मक छैनन् ।



प्रतिक्रिया दिनुहोस्