Logo

प्रकाण्डका छोरा गोलीसहित विराटनगर विमानस्थलबाट पक्राउ



काठमाडौँ, १८ माघ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विक गोलीसहित पक्राउ परेका छन् ।

बिहीबार विराटनगर विमानस्थलबाट काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् । उनीसँग चिनियाँ पेस्तोलको ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी साँझ यति एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका थिए । विमानस्थलमा चेकजाँचका क्रममा उनीबाट गोली फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीका अनुसार उनलाई विराटनगरमा राखेर अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्