Logo

जनउपयोगी विधेयक ल्याइएको छः उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ,१८ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ ।

नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहु“चमा पु¥याउने हिसाबले के गर्दा उचित हुन्छ, त्यही हिसाबमा विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले विधेयकमा बृहत छलफल गरेर विगतमा विभिन्न समिति, कार्यदलले उल्लेख गरेका कुरालाई समेटेर विधेयक ल्याइएको बताउनुभयो । “हामीले विगतमा यस समस्या समाधानका लागि गठन गरिएका सबै आयोग, कार्यदलका सबै प्रतिवेदन हेरेर त्यहा“ उल्लेख भएका कुरा, दिइएका सुझावलाई समेत मनन् गर्दै विधेयक ल्याएका छौँ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, यसमा कसका कति प्रतिशत माग पूरा भए भएनन् भन्ने सान्दर्भिक छैनन् ।

यसैगरी उहा“ले शान्ति प्रकियाका बा“की कुरा टुङ्ग्याउनका लागि बनेका दुई आयोगको म्याद सकिन लागेको भन्दै यसलाई थप्नुपर्ने बताउनुभयो । उहा“ले शान्ति प्रक्रियाका बा“की काम सम्पन्न गर्न यससँग सम्बन्धित कानूनहरु तयार हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्