Logo

प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा



काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेताहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिर कुमार ढुंगानाको सरकारी गाडी लाजिम्पाटबाट कब्जामा लिएका छन् ।

शनिबार अपरान्ह लाजिम्पाटबाट नेविसंघ नेताहरु निरञ्जन थापा, सुवास घिमिरे र सुशिल भट्टलगायतले उक्त गाडीको चाबी नियन्त्रणमा लिएका हुन् । थापाका अनुसार उनीहरुले आज बेलुकामात्रै ट्राफिकलाई चाबी बुझाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्