Logo

प्रम कार्यालयका सचिव ढुंगानको गाडीको चावी नेविसंघको कब्जामा



माघ १९, काठमाण्डौ । नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् ।

नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् । शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेताहरुले चावी खोसेका हुन् ।

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै सचिव ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडीको चाबी नियन्त्रणमा लिइएको भट्टले जानकारी दिए ।
उनीहरुले सरकारी नम्बर प्लेटका अरु ५ वटा गाडीको चावी पनि नियन्त्रणमा लिएका थिए । पछिल्लो समय कांग्रेस निकट नेविसंद्धले सरकारका गलत क्रियाकलाविरुद्ध आन्दोलन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्